१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २१ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चारबुँदे सहमतिपछि रुबी खानले आमरण अनशन तोड्ने (विज्ञप्तिसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २१ बुधबार ११:१०:००

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खानले आजबाट अनशन तोड्ने भएकी छिन् ।

महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गर्ने र खानले अनशन तोड्न लागेको जनाएको छ ।  सरकारसँग मंगलबार चारबुँदे सहमति भएपछि उनले अनशन तोड्न लागेकी हुन् ।

सहमतिमा कथंकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।