Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २१ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २१ बुधबार १०:५६:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन् ।  देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरूले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे । 

झापाको कन्काईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व. तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखे । सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै उनले  पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । 

कन्काई नगरपालिका– १ स्थित नगरपालिकाको कार्यालयनजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुतिसहितको स्मृतिसभामा स्व. हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो ।  सो अवसरमा सन्थाल युवाबीच छेलो, दौड, लङजम्प  र धनुषकाँड प्रतियोगिता गराइएको थियो ।