१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १२:३१:००
Read Time : > 1 मिनेट
विश्व

विधानसभा निर्वाचनमा यसकारण भाजपालाई धक्का

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १२:३१:००

पछिल्लोपटक भारतका विभिन्न पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा सत्तासीन हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो पराजय स्विकारेको छ भने देशकै पुरानो पार्टी कंग्रेस आई निर्वाचनको सफलताले उत्साहित भएको छ । निर्वााचनपछि कंग्रेसले छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा सरकार गठनको तयारी गरेको छ । मध्यप्रदेशमा कंग्रेसले ११४ र भाजपाले 

१०९ सिटमा जितेको छ । निर्वाचन भएको पाँचमध्ये अन्य दुई तेलंगाना र मिजोरम क्षेत्रीय पार्टी विजयी भएका छन् । गत वर्षको संसदीय निर्वाचनमा राजस्थान, छत्तीसगढ र मध्यप्रदेशमा सत्तारुढ भाजपाले सानादार विजय हासिल गरेको थियो । तर, विधानसभा निर्वाचन परिणामले यी राज्यमा भाजपाको बलियो पकड गुमेको र यसले अर्को वर्ष हुने लोकसभा निर्वाचनलाई असर गर्ने देखिएको छ । विधानसभा निर्वाचन परिणामलाई धेरैले आमनिर्वाचनसँग जोडेर हेरेका छन् । 

कंग्रेसको पछिल्लो प्रस्तुतिले  कंग्रेस पार्टीका कार्यकर्ताको आत्मविश्वास बढाउनुका साथै पार्टी नेता राहुल गान्धीको लोकप्रियता बढेको छ । निर्वाचन परिणामले मोदीको भाजपालाई पराजित गर्न सकिन्न भन्ने भ्रम चिरेको छ । यस परिणामले आगामी वर्ष हुने पार्टीको आमनिर्वाचनलाई आवश्यक ऊर्जा प्रदान गरेको छ । सरकारका विवादास्पद निर्णयका कारण यी तीनै राज्यमा भाजपाविरुद्ध जनमत बढेको थियो, तथापि  भाजपा  मध्यप्रदेश र छत्तीसगढमा लगातार चौथोपटक विजय बनेर रेकर्ड तोड्ने दाउमा थियो । 

मोदीले पूरा गरेनन् वाचा
 

देशमा आमूल परिवर्तन गर्ने वाचासहित नरेन्द्र मोदी सन् २०१४ को निर्वाचनपछि शक्तिमा पुगेका थिए । तर, मोदी आफ्नो वाचाप्रति प्रतिबद्ध नभएको आलोचकहरूको भनाइ छ । ‘चरम असन्तुष्टि, बेरोजागर र मुसलमानलगायतका अल्पसंख्यकमाथिको विभेदले सरकारविरुद्धको असन्तुष्टि बढेको छ र यस्तो असन्तुष्टि निर्वाचनमा देखिएको छ,’ राजनीतिक वैज्ञानिक गिल्स भर्निअर भन्छन् ।

रोजागरीको अभावका कारण धेरै युवा सरकारप्रति क्रुद्ध छन् । रोजगारीका अवसर सिर्जना गर्ने र किसानलाई नाफा वृद्धि गर्ने मोदी सरकारको योजना अलपत्र परेका छन् ।  पछिल्लो समयमा अयोध्या काण्डले सरकार बदनाम बनेको छ । सन् १९९२ मा हिन्दूवादीहरूको एउटा समूहले मस्जिद भत्काएको धार्मिक क्षेत्र अयोध्यामा पुनः हिन्दू मन्दिर बनाउन पार्टीका नेताहरूले नै अभियान चलाएका छन् ।