१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७८ पौष २० मंगलबार १७:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबान नेता मुल्ला बरादरले भने : असरफ घानीको हत्या गर्ने योजना थिएन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ पौष २० मंगलबार १७:४९:००

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुर घानी बरादरले पूर्वराष्ट्रपति असरफ घानीको हत्याको कुनै योजना नभएको बताएका छन्। मुल्ला बरादरले अफनानिस्तानको सरकारी टेलिभिजनलाई एक अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्। बिबिसीलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति घानीले तालिबानले काबुल कब्जामा लिएपछि आफ्नो हत्याको योजना बनाएको बताएका थिए।

घानीले सन् २०२१ अगस्टमा अफनानिस्तान छोडेका थिए। उनले बिबिसीसँगको अन्तर्वार्तामा आफूलाई सहयोग गर्ने सबैको हत्या निश्चित रहेको बताएका थिए। तालिबान नेता मुल्ला बारादरलाई अफगानिस्तानको सरकारी टेलिभिजन आरटिए वर्ल्डले घानीको हत्याको कुनै योजना रहे नरहेकोबारे प्रश्न गरेको थियो। त्यसको जवाफमा मुल्ला बरादरले विदेशीसँग मिलेर  पनि अफगानिस्तानमा बसेका कसैलाई पनि खतरा नभएको बताएका थिए। प्रस्तोताले फेरि सोध्छन् : ‘जे भनिएको थियो त्यो गलत छ ?’ बरादरले त्यसमा कुनै पनि सच्चाई नभएको जवाफ दिएका छन्।

मुल्ला बरादरले अन्तर्वार्तामा अफनानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजई र पूर्वचिफ एग्जिक्युटिभ अब्दुल्ला अब्दुलाप्रति संकेत गर्दै यी दुवै नेता काबुलमा तालिबानले कब्जा गरेपछि पनि यहीँ रहेको बताएका थिए।