१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार १६:३८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ६३ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार १६:३८:००

सेयर बजार मापक नेप्से परिसूचक आइतबारदेखि निरन्तर रूपमा बढ्न थालेको छ। आइतबार ६० अंक र सोमबार ३२ अंकले बढेको नेप्से मंगलबार ६३.०१ अंकले बढेर दुई हजार ६ सय ७९.९५ बिन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको सेयर मूल्य मापक सेन्सेटिभ इन्डेक्स पनि  १५.८५ अंकले बढेको छ।

मंगलबार कारोबारमा आएका दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर चार अर्ब ३२ करोड २६ लाख नाै हजार आठ सय २७ रुपैयाँमा कारोबार भएको छ। सोमबार  चार अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह र अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचकमा आज हरियाली छाएको छ। विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ५.२३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ, वित्त, जलविद्युत् र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ भने होटेल तथा पर्यटन उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधनको ०.५९ प्रतिशत र अन्य उपसमूहको परिसूचक  ०.३४ प्रतिशत घटेको छ।

मंगलबार तीन कम्पनीहरूको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको हो।

त्यस्तै, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले तथा ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।