१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभिन्न जिल्लामा नबिल दिगो बैंकिङअन्तर्गतका कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार ०६:१७:००

नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता  कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेकोे जनाएको हो । 

बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम–तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउ“पालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम–तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उल्लेख छ । 

 बैतडीको पञ्चेश्वरमा कार्यक्रम सुरु
बैतडीको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ आठदिने तालिम कार्यक्रम सुरु भएको बैंकले जनाएको छ । कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको उल्लेख छ ।

कार्यक्रमले स्थानीय युवाहरूलाई उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाइएको छ । 

पञ्चेश्वर गाउँपालिकामा चार सय युवाले आवेदन दिएकामा एक सय २० जना सहाभागी छनोट भएको बैंकले जनाएको छ । बैंकले नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको जनाइएको छ ।