जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ दल गठन गरेका छन्। उनले श्रीमतीको नाममा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका हुन्। सोमबार चौधरीकी श्रीमती निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएकी छिन्। चौधरीका समर्थकहरू सोमबार भृकुटीमण्डपबाट जुलुससहित निर्वाचन आयोग पुगेका थिए। टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका चौधरी डिल्लीबजार कारागारमा छन्। उनी जेलमा रहेकै समयमा वारेसीमार्फत उम्मेदवारी दर्ता गराएर कैलाली– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।