मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ०८:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् तरुल खाँदाका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ०८:१७:००

तरुल एकप्रकारको कन्दमूल हो । यो प्रायः हिउँदमा पाइन्छ । विशेषगरी, तरुल तरकारी र खाजाका लागि उपयोग गरिन्छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो लाभदायी छ । अब जानौँ, तरुलको उपयोगिता ।

- तरुलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसले गर्दा पाचन  प्रणालीसम्बन्धी समस्याबाट छुटकारा मिल्छ । यसमा पाइने फाइबरको मात्राले पेट सफा गर्छ र कब्जियत र पायल्स हुनबाट बचाउँछ । 
- तरुलमा एकप्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्छ ।
- तरुलमा भिटामिन बी पाइन्छ । त्यसैले, मुटुसम्बन्धी समस्याका लागि यो फाइदाजनक छ ।   
- तरुल काब्रोहाइडेटको राम्रो स्रोत हो । यसको सेवनले शरीरमा ऊर्जा मिल्छ ।
- छाला तथा श्वास–प्रश्वाससम्बन्धी समस्याबाट छुटकारा पाउन तरुल खान आवश्यक छ ।
- जापान, कोरिया आदि देशमा तरुललाई आयुर्वेदिक औषधिको रूपमा प्रयोग गरेको पाइन्छ । 
- विभिन्न अनुसन्धानअनुसार तरुल खानाले मस्तिष्कको विकास हुन्छ र बुद्धि तथा क्षमता बढ्छ ।