Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष १८ आइतबार २१:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा हिमपहिरोमा बेपत्ता किसान चार दिनपछि मृत फेला

Read Time : < 1 मिनेट
२०७८ पौष १८ आइतबार २१:५२:००

मनाङमा हिमपहिरोमा बेपत्ता किसान चार दिनपछि  मृत अवस्थामा भेटिएका छन् । मनाङको नासोँ गाउँपालिका– ४, ओडारका ५३ वर्षे आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय  मनाङले जनाएको छ ।

डिएसपी सुवास खड्काका अनुसार ४ दिनदेखि हिमपहिरोमा हराइरहेका उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । प्रहरी गस्ती टोलीले नासोँ गाउँपालिका – ४, ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउ भिरमा हिउँले पुरेको र मृत अवस्थामा भेटेको मनाङका डिएसपी  खड्काले बताए ।  

गाउँमाथिको तपकी  ठाउँमा रहेको भेडीगोठबाट फर्किने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए ।  हिउँ परिरहेको र गाउँमा फर्किने क्रममा उनीसँगैका दुईजना साथी फर्किएपछि आउँदै गरेका उनी बाटोमै हराएका थिए । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजीकार्य जारी राखे पनि हिमपातका कारण उद्दार गर्न समस्या भएको प्रहरी प्रमुख डिएसपी  खड्काले बताए ।

बेपत्ताको खोजीमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएका थियाे ।