१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओमिक्रोन भेरियन्टबारे पूर्वतयारी गर्न मातहतका निकायलाई इडिसिडीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १७:०२:००

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे पूर्वतयारी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे स्वास्थ्य सेवा विभागअन्तर्गतको इडिसिडीले आइतबार सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयहरू र स्वास्थ्य निर्देशनालयहरूलाई परिपत्र गर्दै थप सतर्कता अपनाउन र पूर्वतयारी गर्न निर्देशन दिएको हो।

‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ निर्देशनमा उल्लेख छ।

भाइरस उत्परिवर्तन भएर नयाँ नयाँ भेरियन्टहरू आउने उल्लेख गर्दै महाशाखाले निर्देशिकाहरूको पूर्ण पालना गर्न/गराउनसमेत आग्रह गरेको छ।