मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
छाउ बार्ने जनप्रतिनिधिलगायतको तलब रोक्का गर्ने निर्णयका क्रममा बसेको कमलबजार नगरपालिकाको बैठक ।
२०७५ पौष ६ शुक्रबार ०९:५४:००
Read Time : < 1 मिनेट
समाचार

छाउ बार्नेको तलब रोकिने

Read Time : < 1 मिनेट
२०७५ पौष ६ शुक्रबार ०९:५४:००

अछामको  कमलबजार नगरपालिकाले छाउपडी प्रथाविरुद्ध सकारात्मक निर्णय गरेको छ । ‘छाउ बार्ने’ जनप्रतिनिधि र कर्मचारीको तलब रोक्का गर्ने निर्णय नगरपालिकाले गरेको हो । ‘छाउ बार्ने जनप्रतिनिधि र कर्मचारीको तलब रोक्ने योजनामा छौँ,’ नगर उप–प्रमुख भूमिसरा ढकालले भनिन्, ‘सफल भइन्छ वा भइन्न, त्यो समयले देखाउनेछ । 

वडादेखि नगरपालिकासम्मका जनप्रतिनिधि र कर्मचारीको घरमा निरीक्षण गरेर  छाउ बारेको भेटिएमा कारबाही गरिनेछ ।’कानुनले समेत अपराध ठानेको छाउ बार्ने चलन पदमा रहेका र नीति निर्माणमा संलग्न रहेका व्यक्तिले नै कायम राखेकाले त्यो अन्त्यका लागि  कडा निर्णय गरिएको नगर उप–प्रमुख ढकालले भनिन् ।

सदरमुकाम मंगलसेनमा बुधबार पुनर्संरचना नेपालले आयोजना गरेको छलफलमा सहभागी जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाका उप–प्रमुख तथा उपाध्यक्षले पनि छाउ बार्ने चलन अन्त्यका लागि कानुनले तोकेबमोजिम व्यवहार गर्नुपर्ने बताए । पूर्वमन्त्री हिसिला यमीको उपस्थितिमा छाउप्रथाबारे भावी रणनीतिका लागि छलफलमा सहभागी भएका जनप्रतिनिधिले वडा तहमा पुगेर सुझाब संकलन गरी योजना निर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।