मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १८ आइतबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 पाल्पा बस दुर्घटना : मृतकको संख्या सात पुग्यो

Read Time : < 1 मिनेट
२०७८ पौष १८ आइतबार १३:५९:००

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु.१ख ७२७९ नम्बरको बस दुर्घटनामा थप चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए। मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको सनाखत भएको छ।

सो बस तानसेन–गुल्मी सडकखण्डस्थित लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते आठजनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको एसपी भट्टराईले बताए। मलामी बोकेको उक्त बसमा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन। 

बस सडकबाट ६० मिटर तल खसेको छ। अहिले पनि उद्धारकार्य जारी छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।