मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १८ आइतबार १२:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी नौजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ पौष १८ आइतबार १२:०९:००

उत्तरपूर्वी चीनको डालियान सहरको एक बजारमुनिको भूमिगत क्षेत्रमा भएको आगलागीमा परी नौजनाको मृत्यु भएको छ। उक्त दुर्घटना शुक्रबार बिहान ११ः११ मा भएको र दिउँसो १ बजे आगो निभाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।

आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकको पनि मृत्यु भएको बताइएको छ। पाँचजना सामान्य घाइते भएका र उपचाररत रहेका छन्।  त्यसैगरी चारजना अझै अस्पतालमा छन् भने एकजना डिस्चार्ज भइसकेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ। रासस/सिन्ह्वा