१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष १७ शनिबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झ्यालढोका बन्द गरी कोइला बालेर सुतेका एक व्यक्तिको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ पौष १७ शनिबार १४:०४:००

दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको मृत्यु भएको छ। झ्यालढोका थुनेर कोइला बाली सुतेका प्युठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति श्रीमान्–श्रीमती कोइला बालेर सुतेकामा विहान चार बजेतिर उठ्ने वेलामा कुसुमको मृत्यु भइसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए। उनका अनुसार श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। अहिले उनको अवस्था सामान्य छ।

मृतक श्रीमान्को शव भने घरभित्रै रहेको छ। प्युठानबाट परिवार आएपछि मात्रै शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए।