मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १७ शनिबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समावेशी, समानुपातिक रुपमा सबैलाई आरक्षण दिइएको एक मात्र देश नेपाल : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १७ शनिबार १२:४२:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन्। शनिबार आफ्नै सरकारीनिवास बालुवाटारमा पार्टीकी सांसद डा. डिला संग्रौलाको पुस्तक विमोचन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबीसमेत गरे। मुलुकको कार्यकारी तहमा समेत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेस स्वयंले आफूलाई सबै समूदायको पार्टीका रूपमा चिनाएको बताए।

‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरू हरेक ठाउँमा उनीहरूलाई अधिकार दिइएको छ । नेपालमा पार्टीहरूले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन् । त्यति मात्रै होइन, स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिलाहरूलाई आरक्षणको व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरूलाई हामीले आरक्षणको व्यवस्था गरेका छौँ। अगाडि बढाएका छौँ। यस मानेमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रूपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ,’ देउवाले भने।