मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १७ शनिबार १०:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शीतलहर प्रभावितलाई सैनिक श्रीमती संघको राहत

Read Time : < 1 मिनेट
२०७८ पौष १७ शनिबार १०:४८:००

परालको ओछ्यान र परालकै घुराबाट चिसो छल्ने प्रयासमा रहेका महोत्तरीका ६० मुसहर परिवारले खाद्यान्न र कम्बल सहयोग पाएका छन् । शीतलहर प्रभावित मटिहानी नगरपालिका– ४ मझौरास्थित मुसहर बस्तीका ६० परिवारलाई नेपाली सेनाको सैनिक श्रीमती संघ र रणभीम गणले शुक्रबार खाद्यान्न र कम्बल सहयोग गरेको हो । 

सेनाको ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी विपन्न परिवारलाई राहत वितरण गरे । शीतलहरले अतिप्रभावितहरूलाई नेपाली सेना र सैनिक परिवारको तर्फबाट सानो सहयोग गरिएको उनले बताए ।

उनले नेपाली सेनाले शीतलहर, बाढी, आगलागीलगायतका विपद्का वेला सहयोगीको भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले दलित तथा विपन्नहरू शीतलहरबाट सबैभन्दा बढी प्रभावित रहेको भन्दै सहयोगको प्रयास भइरहेको धारणा राखे ।