मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सौरव यादव राजबिराज
२०७८ पौष १६ शुक्रबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा ट्रकमा आगजनी 

Read Time : < 1 मिनेट
सौरव यादव राजबिराज
२०७८ पौष १६ शुक्रबार १७:१७:००

सप्तरीमा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा दिउँसो एक ट्रकमा आगजनी भएको हो। 

गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी भएको हो। आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ। ट्रकमा लगाइएको आगो नियन्त्रणका लागि वारुणयन्त्र खटाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात समूहले ट्रकमा आगजनी गरेको बताए। ‘ट्रकमा कसले आगो लगाएको भन्ने खुल्न सकेको छैन, हामी अनुसन्धान गर्दै छौँ, उनले भने।