मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री आले भन्छन्– इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १४:५६:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । 

शुक्रबार नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । हाल छानबिनका क्रममा रहेका बोर्डका सिइओ धनञ्जय रेग्मीप्रति आक्राेश व्यक्त गर्दै मन्त्री आलेले भने, ‘उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई । चारवटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद गर्छु भनेर त्यसले सोच्यो होला, त्यो सपनामा पनि नसोचे हुन्छ ।  इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले सिइओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिइओ बनाउँदा संस्था चल्न नसक्ने पनि बताए । 

मन्त्री आलेले डब्लुटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न मागसमेत गरेका छन् ।  उनले  सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।