Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ पौष १६ शुक्रबार १२:१४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँदिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ पौष १६ शुक्रबार १२:१४:००

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँदिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमै पुगेको बताएका छन्। हालैका स्वास्थ्य वैज्ञानिकहरूका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरूले जनाएका उनले जानकारी दिए।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्लो समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरू  ओमिक्रोनकै भएको बताए। उनले भने, ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरूमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ। त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको हो। त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ।’

कतै नगएका नागरिकमा यस्तो संक्रमण पाइएपछि समुदायस्तरकै नागरिकसम्म यसको संक्रमण पुगेको निष्कर्ष निकालिएको उनले बताए। भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको उनले बताए। रासस/सिन्ह्वा