१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०६:१५:००

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको हो ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभिएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या थियो । अब लाहाचोक सबस्टेसनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउनेछन् भने विद्युत् चुहावटसमेत घट्नेछ,’ उनले भने । 

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इन्डियाको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको नयाँ मोदी–लेखनाथ आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक खण्ड प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

२१ जुलाई २०१८ देखि सुरु भएको उक्त आयोजनाको लाहाचोक–लेखनाथ खण्डमा भने स्थानीयको अवरोधका साथै वनक्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।