Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दीपक बोहरा तुलसीपुर
२०७८ पौष १५ बिहीबार १०:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तुल्सीपुर खानेपानी : राजनीतिक दलको निर्णय अस्वीकृत, निर्वाचन हुने

Read Time : > 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
२०७८ पौष १५ बिहीबार १०:३०:००

तुल्सीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्वका लागि निर्वाचन हुने भएको  छ ।  तुल्सीपुरमा क्रियाशील नाै राजनीतिक दलले सर्वसम्मत बनाउन खोजे पनि त्यो सम्भव भएन । अध्यक्षमा तीनजनाको उम्मेदवारको निर्वाचन हुनेछ । ६ जनाले उम्मेदवार हाले पनि माओवादी केन्द्रका निर्मलकुमार आचार्य, एमालेका मनोज लामिछाने र विप्लव नेकपाका खेमराज वलीले उम्मेदवार फिर्ता लिएका छन् । अब नेपाली कांग्रेस बिपीका दीपककुमार धिताल, कांग्रेसका यमकान्त भण्डारी र कांग्रेसकै पवन बुढाथोकीबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसका पवन बुढाथोकीले पार्टीको निर्णय नमानेको पार्टीका एक नेताले बताए । नौ दलको गठबन्धनका आधिकारिक उम्मेदवार भण्डारी हुन् ।

त्यस्तै, उपाध्यक्षमा पनि पाँचजनाको उम्मेदवारी परेकोमा दुईजनाले फिर्ता लिएका छन् । आज निर्मला डिसी र नारायणप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । अब माओवादी केन्द्रका सीताराम शर्मा, कांग्रेसका गिरिधारी पौडेल र पूर्णप्रसाद धितालबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका सीताराम शर्मा हुन् । त्यस्तै, सचिवमा एमाले–एमालेबीच नै प्रतिस्पर्धा हुनेछ । एमालेले आधिकारिक उम्मेदवार शेवकराम भण्डारीलाई बनाएको छ । तर, उनकै बागी उम्मेदवार दामोदर लामिछाने छन् । आज कांग्रेसका रञ्जनकुमार गौतम, गोपाल शर्मा र विप्लवका मेघराज घिमिरेले उम्मेदवारी फिर्ता लिएका थिए ।

कोषाध्यक्षमा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । आधिकारिक उम्मेदवार विप्लवनिकट भद्रबहादुर वली रहेका छन् । तर, कांग्रेसका मेघराज न्यौपाने, भोलाप्रसाद थापा र माओवादी केन्द्रका कर्णबहादुर वलीले उम्मेदवारी फिर्ता लिएनन् । त्यस्तै, दुईजनाको कोटा रहेको पुरुष सदस्यमा तीनजनाको उम्मेदवारी परेको छ । पदमबहादु्र खड्का, लक्षमण केसी र शोविन्द्र चन्दको उम्मेदवारी परेको छ । उनीहरू तीनजनाबीच निर्वाचन हुनेछ । आधिकारिक उम्मेदवार राप्रपाका लक्ष्मण केसी र राप्रपाका पदमबहादुर खड्का रहेका छन् । 

तीनजना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जिसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । तीमध्ये सातजनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।