Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष १५ बिहीबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा चारजना मृत भेटिए 

Read Time : < 1 मिनेट
२०७८ पौष १५ बिहीबार ०९:१५:००

नेपालगन्जस्थित  कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा चारजना मृत भेटिएका छन् । गएराति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीनजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

मेडिकल स्टोरको कार्यालय सहयोगीको रूपमा काम गर्दै आएका कालिकोट पिलिखाडा चक्र नगरपालिका– ६ का २३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सँगै सुतेकी धनप्रसादकी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । चिसो बढेकाले उनीहरू बेलुका कोइला बालेर सुतेको र निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।