मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७८ पौष १३ मंगलबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्को अवरोध हटाएर नागरिकता विधेयक पास गर्न यादवको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७८ पौष १३ मंगलबार १९:१२:००

जसपा अध्यक्ष उपेन्द्र यादवले संसद्को अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन्। जसपा पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजना गरेकाे सभालाई सम्बोधन गर्दै यादवले नागरिकता विधेयक पास गर्नलाई भए पनि संसद्को अवरोध हटाउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका हुन्।

संसदमा पेस भएको नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततिले नागरिकता पाउन नसकेको र मतदाता नामावलीमा समावेश हुन नसकेको उनले बताए। जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको समेत मतदाता नामावलीमा नाम समावेश नगरेको भन्दै उनले आक्रोश पोखे।

विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नुपरेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने बताए। राजनीति अस्थिरता र भ्रष्टाचार हटाउन संसदीय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उनले औँल्याए।