१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १२ सोमबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला र नन्कुन्नी हत्याबारे भट्टराई भन्छन्– अपराधीले राज्यको आड पाएको आशंका लाग्छ (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १२ सोमबार १७:१४:००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याबारे सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्। सोमबार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै माइतिघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरूलाई भेट्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिरहेको भन्दै उनले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने धारणा राखे। राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भीर गल्ती भएको भन्दै उनले अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताए। 

‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो, त्यसले अहिलेसम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यति वेलासम्म। यो घटनाको न्यायपूर्ण छानबिन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरू छन्, तिनीहरूले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ। अपराधीलाई कारबाही गर्नुपर्यो। ठूलै पहुँचवाला मान्छेहरू छन् र तिनीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भीर गल्ती हुन्छ,’ भट्टराईले भने।