मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका विराटनगर
२०७८ पौष १० शनिबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ पौष १० शनिबार १६:२४:००

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगत रूपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने बताए। उनले आगामी निर्वाचनबाट सबै कुरा स्पष्ट हुने जिकिर गरे। रासस