मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्यू टावर बनाउने  नेताको हावादारी कुरा सच्याएर अघि बढ्न इन्जिनियरलाई डा. भट्टराईको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार १८:५३:००

राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गरेका छन्।  

नेपाल इन्जिनियर्स एसाेसिएसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाली मुलुकहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गरे।