मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृत, २१० मेगावाटको जिआइएस सम्पन्न हुने चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ७ बुधबार १२:५२:००

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो चार महिनामा १० उद्योगलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ। सातवटा उद्योगलाई करिब एक सय ११ मेगावाट विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको प्राधिकरणले जनाएको छ। साथै, पाँचवटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ। लोड स्वीकृत, जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगहरूमा थप करिब तीन सय ६० मेगावाट विद्युत् खपत हुने देखिएको छ। थप विद्युतको माग गर्नेमा अधिकांश स्टिल र सिमेन्ट उद्योगहरू  छन्। 

जिआइएसमार्फत  लोड स्वीकृत गर्नुभन्दा पहिले उद्योग रहेको क्षेत्रमा रहेको प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले मागबमोजिम विद्युत् उपलब्ध गराउन सकिने–नसकिने अवस्थाको निर्क्याेल गर्ने गरिन्छ। जिआइएस सकिएपछि लोड दिन सक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता भई लोड दिने गर्छ।

आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगहरूलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदनसमेत माग गरेको छ। लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत् सेवा उपलब्ध गराउन समयसीमासहितको प्रक्रिया निर्धारण गरिएको छ। 

ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियमअनुसार गर्नुपर्ने जिआइएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमासहितको प्रक्रिया लागू गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृत भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको बताए। अहिलेको माग देशमा उत्पादित विद्युत् यहीँभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले बताए। 

विद्युत् लोड लिएका लिने प्रक्रियामा रहेका उद्योगहरू