मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नम्बर एक बिमा कम्पनी भएको दाबी गर्दै नेपाल लाइफको अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ७ बुधबार ०६:०५:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा देशकै नम्बर एक जीवन बिमा कम्पनी भएको छ । नेपाल लाइफले पत्र–पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नम्बर एक’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाण प्रस्तुत गर्दै सो दाबी गरेको हो ।

कम्पनीले प्रस्तुत गरेका जानकारीअनुसार आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक खर्ब १८ अर्ब ७६ करोड रुपैयाँको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, ४० अर्ब ५० करोड रुपैयाँको सर्वाधिक दाबी भुक्तानी, सात अर्ब १९ करोड रुपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै, अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीको दाबी छ ।

कम्पनीले जनतामा जीवन बिमाको महत्वका बारेमा सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नम्बर १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्‍याउन उल्लेख्य सहयोग पुर्‍याएका सेयर होल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्ष–परोक्ष रूपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनको भनाइ छ । 

कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘हामी समग्र जनतामाझ जीवन बिमाको महŒव तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बिमाले आफूलगायत आफूसम्बद्ध भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधा सबैले जानून् र यसलाई विकल्प भन्दा पनि आधारभूत आवश्यकताका रूपमा हेरून् भन्ने हाम्रो चाहना हो ।’

स्थापनाकालदेखि आजसम्म आइपुग्दा सबैको निरन्तर विश्वास र भरोसाका कारण कम्पनी नेपालकै नम्बर १ जीवन बिमा कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ । ‘नेपालकै नम्बर १’ अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीले व्यक्त गरेको छ ।