१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार १६:२८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मंगलबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार १६:२८:००

पछिल्ला दिनहरूमा ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। सोमबार १७.९३ अंकले गिरावट आएको नेप्से परिसूचक आज ५६.७३ अंकले बढेर दुई हजार ४१५.५५ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ अंकमा पुगेको छ। सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्यधिक रूपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले नेप्से परिसूचकमा हरियाली छाएको हो।

मंगलबार नेप्से सूचक बढे पनि कारोबार रकम भने बढ्न सकेन। आज कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँमा कारोबार भएको छ। सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँबराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरूमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी अन्य उपसमूहको ३.८८ प्रतिशत, हाइड्रोपावर ३.६३ प्रतिशत, विकास बैंक उपसमूहको ३.४१ प्रतिशतले बढेको छ भने बैंकिङ उपसमूह २ प्रतिशत, व्यापार २.९२ प्रतिशत, निर्जीवन बिमाको २.०४ प्रतिशत, लगानी उपसमूहको १.९३ प्रतिशतले बढेको छ।

आजको कारोबारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत, जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ।

त्यस्तै गोर्खाज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ पावरको ०.४२ प्रतिशतले घटेको छ।