मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष ५ सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
२०७८ पौष ५ सोमबार ११:०२:००

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । भर्चुअल माध्यमबाट गरिएको बैंकको २७औँ वार्षिक साधारणसभाले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख रुपैयाँबाट वृद्धि भई नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पनि पारित गरेको बैंकले जनाएको छ ।

साधारणसभाले आव ०७८/९ का लागि श्री सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ । बैंकले देशभरमा एक सय पाँच शाखा, सात प्रादेशिक कार्यालय, एक सय ३८ एटिएम तथा ३१ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको छ ।