मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ

प्रभु लाइफको ‘श्रीवृद्धि जीवन बिमा योजना’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार ०९:२८:००

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिमांकको करिब तीन गुणा रकम फिर्ता हुने गरी नयाँ बिमा प्रडक्ट सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेले नयाँ बिमा योजना ‘श्रीवृद्धि जीवन बिमा’ सार्वजनिक गरेका हुन् । 

कम्पनीले ल्याएको ‘श्रीवृद्धि जीवन बिमा योजना’अन्तर्गत बिमा रकममा वार्षिक ५ प्रतिशतका दरले वृद्धि हुने बिमा अवधिभर बिमांक रकम करिब ३ गुणा बढ्नेछ । 

यस योजनाअन्तर्गत बिमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जाने कम्पनीले जनाएको छ । तर, बिमा शुल्क (प्रिमियम) भने जीवन बिमा अवधिभरि नै एकैनास हुनेछ । २० वर्षे बिमामा बिमितले बोनससहित बिमांकको करिब ३ गुणा रकम एकमुष्ट फिर्ता पाउनेछन् । समयअनुसारको पैसाको मूल्य (टाइम भ्यालु अफ मनी) अवधारणाअनुसार यो योजना ल्याएको प्रभु लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले बताए ।

बिमांक रकम न्यूनतम १ लाख
श्रीवृद्धि (सावधिक) जीवन बिमाको न्यूनतम बिमांक रकम १ लाख रुपैयाँ रहेको छ । अधिकतम बिमांकको सीमा छैन । योजनाको न्यूनतम बिमा अवधि १० वर्षको रहेको छ ।

त्यस्तै, अधिकतम बिमा अवधि २० वर्ष रहेको छ । बिमा योजना प्रवेश उमेर न्यूनतम १६ वर्ष र अधिकतम ६० वर्ष रहेको छ । यो जीवन बिमा प्रभावकारी हुने लामिछानेको दाबी छ ।

प्रभु लाइफले केही समयभित्रै ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने जनाएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हाल कम्पनीका ४० शाखा तथा उपशाखा कार्यालय रहेका छन् । आगामी दिनमा आफ्ना शाखा तथा उपशाखा देशभर विस्तार गर्ने उनले बताए । कम्पनीले आफ्नो उपस्थिति तथा सेवालाई देशव्यापी बनाउने योजना रहेको उनले बताए । 

कम्पनीले उत्कृष्ट काम गरेबापत ६ जना एजेन्टलाई सम्मान गरेको छ । सम्मानित हुनेमा रूपेशकुमार साह, मुना दास, किरणकुमारी दास, श्यामप्रसाद, रामजीप्रसाद कुर्मी र दिनाप्रसाद अधिकारी रहेका छन् ।