१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २ शुक्रबार १८:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रंगकर्मी प्रचण्ड मल्लको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २ शुक्रबार १८:२६:००

नेपाली नाटक क्षेत्रका बलिया खम्बा प्रचण्ड मल्लको निधन भएको छ। उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा शुक्रबार दिउँसो उनको निधन भएको हो। 

पारिवारिक स्रोतका अनुसार उनी केही दिनदेखि निमोनिया रोगबाट सिकिस्त थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनी नेपाली रंगमञ्चमा निर्देशक र लेखकको नामले परिचित छन्।

उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका संस्थापक उपकुलपति हुन्। उनले ७० वटाभन्दा बढी नाटक लेखेका छन् भने सयभन्दा बढी नाटक निर्देशन गरेका छन्।