Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २ शुक्रबार १८:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निगम भन्छ- अझै पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २ शुक्रबार १८:०४:००

पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ। एक महिनाअगाडिसम्म पाक्षिक रु साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिक रूपमा रु एक अर्ब ५७ करोड घाटा हुनेछ। 

 पछिल्लोपटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। 

 निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मटितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ। हवाई इन्धन र मटितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन। घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ।

निगमले पछिल्लोपटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिजेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिन्डर रु एक हजार ५७५ रहेको छ । 

पछिल्लोपटक नेपालमा मूल्य समायोजनपश्चात् पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ। भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रुपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो रहेको सहप्रवक्ता कार्कीले जानकारी दिए। रासस