१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन जित्ने अभिलाषाले योजना छनोट नगरौँ : मन्त्री झाँक्री (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार १७:३४:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेको बताएकी छिन्। बिहीबार विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले छानिरहेको भन्दै असन्तुष्टि जनाएकी हुन्।

उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेको टिप्पणी गरिन्। मन्त्री झाँक्रीले मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएको भन्दै राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्नुपर्ने उल्लेख गरिन्।

‘मंसिरदेखि वडाबाट योजना छानिन्थे, फागुनमा गएर जिल्ला परिषद् भएर योजना छनोट हुन्थे। तर, आज त संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छान्दै छन्। एलआइएम्बिएसमा छैन भने पनि कतैबाट के गरेर शीर्षक पठाइरहेको छ। यस्तो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले फलो गरेका छैनन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन अर्थ समितिमा हामी हुँदा बनाएको हो। त्यसले योजना छनोटको अधिकार राजनीतिक व्यक्तित्वलाई दिन्छ। त्यहाँ ब्युरोक्रेसीको भर नै नपर्नुस्। मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिज्ञमा नै हुनुपर्छ। आफ्नो क्षेत्रमा निर्वाचन जित्ने अभिलाषाले योजना छान्ने होइन। मैले न्याय गरेँ कि गरिनँ भन्ने कुरा हेरेर योजना छनोट गरौँ  न,’ मन्त्री झाँक्रीले भनिन्।