१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Sunday, 29 September, 2024
सोनी राई सोलुखुम्बु
२o७८ मङ्सिर २८ मंगलबार २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहारको आरोपमा चालक पक्राउ

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ मङ्सिर २८ मंगलबार २o:१२:oo

यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ परेका छन्। गत २० मंसिरमा सोलुखुम्बुको सोताङबाट काठमाडौं जाने क्रममा अन्दाजी १६ वर्षीय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुमोचालक काभ्रेको चौरीदेउराली– १ का ३० वर्षीय प्रेमबहादुर खड्कालाई प्रहरीले प्रक्राउ गरेको हो। 

पीडित किशोरीले परिवारलाई बताएपछि घटना बाहिर आएको हो। परिवारको जाहेरीपछि खड्कालाई सोताङबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ। 

सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आरोपित खड्काले सोताङ–काठमाडौं रुटमा सुमो चलाउँदै आएका थिए।