१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भयो : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:१४:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको प्रतिक्रिया दिएका हुन्।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ।

'शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?' विज्ञप्तिमा उल्लेख छ।
 
निर्वाचनमा पूर्वराजा र निर्मल निवासबाट भएको हस्तक्षेपबारे छनाबिन गरी भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न थापाले आग्रह गरेका छन्। यसो गर्न सके मात्र पार्टी एकता र पार्टीको भविष्य सुनिश्चित हुने थापाले बताएका छन्।