Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १४:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफैँ हारेकाहरू कुन नैतिकताले उठ्नुभएको हो थाहा छैन : खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १४:३७:००

परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्काले अहिले कांग्रेसको मूल उद्देश्य आगामी निर्वाचनमा पार्टीलाई जिताउनु रहेको बताएका छन्। कांग्रेसको १४औँ महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग खड्काले पार्टीलाई निर्वाचनमा जिताउने मूल उद्देश्य भएको भन्दै आफूले महाधिवेशनमा उम्मेदवारी नदिएको बताए। 

अहिलेको आवश्यकता प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पुनः विजयी गराउनु भन्दै उनले आफैँ पराजित भएका नेताहरूले महाधिवशेनमा उम्मेदवारी दिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, 'पार्टीको मूल उद्देश्य पार्टीलाई निर्वाचनमा जिताउनु हो। आफैँ हारेका साथीहरू कुन नैतिकताले उठ्नुभएको हो थाहा छैन। मैले कुनै पनि पदमा उम्मेदवारी नदिएको देउवालाई जिताउन लागिपर्नुपर्छ भनेर हो।'