१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १२:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आयो : कार्यदल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १२:५५:००

सेयर बजारमा देखिएको गिरावटपछि लगानीकर्ता निराश हुँदै आइरहेका छन्। बजार अब कता जान्छ भन्ने जिज्ञासा धेरैलाई छ। सेयर बजारमा अप्रत्याशित गिरावट देखिएपछि लगानीकर्ताहरू थप संवेदनशील बनेका छन्। लगानीकर्ताहरुकै संघसंस्थाले एक कार्यदल गठन गर्दै सरकारसमक्ष बजार सुधारको माग राखेका छन्।

सरकारले पुँजी बजार नबुझ्दा अहिलेको अवस्था आएको कार्यदलको ठहर छ। सरकारले पुँजी बजारलाई सम्बोधन गर्न नसक्दा यसको असर सरकार र लगानीकर्तालाई नै पुगेको कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले बताए। आफूहरूले सरकारको ध्यानाकर्षण गराइरहेको उनी बताउँछन्। उनका अनुसार अर्थ मन्त्रालय तथा सरोकारवाला निकायहरुले तीन वर्षअघि नै गर्ने भनेका सेयर बजारसम्बन्धी ५८ बुँदाका बाँकी कामहरू गरेका छैनन्। त्यसयता पनि पुँजी बजारमा प्रतिकूलता पर्ने नीतिगत व्यवस्था ल्याएपछि त्यसको असर आमलगानीकर्तामा परेको छ। तर, सरकार जिम्मेवार भएमा पुँजी बजार सम्हालिन समय नलाग्ने संयोजक पौडेलको बुझाइ छ। 

पुँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै त्यसको समस्या समाधानका लागि लगानीकर्ताहरूबाट पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको पौडेलले उल्लेख गरे। तर, सरकारले उक्त विषयमा चासो नदिएको कार्यदलका सदस्यहरू बताउँछन्। ‘सरकारले नेपालको पुँजी बजारलाई बुझेको छैन, जसका कारण लगानीकर्ता आत्तिएका छन्, सुरक्षित भएर बस्न सकेका छैनन्। बजारमा प्रतिकूलता छाएको छ,’ संयोजक पौडेलले भने, ‘सरकारको धारणा बजार प्रतिकूल भयो भने त्यसले पुँजी बजार धराशायी हुन्छ।’ उनले भर्खर बजारमा प्रवेश गरेकाहरू आत्तिने अवस्था आएकोप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए।  कार्यदलले धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्न र ५८ बुँदेका बाँकी काम गर्न तत्काल कार्यदल बनाउन माग गरेको छ।

प्रचण्डको अभिव्यक्तिले बजार प्रभावित !
सेयर बजारमा गिरावट देखिएको वेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा बोलेका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। उनले धारणा सेयर बजार प्रतिकूल रहेकाले बजारमा त्यसको थप असर परेको बताइएको छ। सरकारमा हुने व्यक्तिका धारणाले सेयर बजारमा प्रभाव पार्ने भन्दै कार्यदलका संयोजक पौडेलले बजार सम्हालिने अवस्था ल्याउन सरकार जिम्मेवार हुनुपर्ने बताए।
 
पुँजी करिब ४५ खर्व रुपैयाँ पुगेको  बजारले करिब १२ खर्ब रुपैयाँ गुमाएको छ। यसबाट सरकारले अर्बौ राजस्वसमेत गुमाएको छ। हालको ग्राफ हेर्दा १२ लाख भन्दा बढी डिम्याट खाताधारीबाट १२ खर्बभन्दा बढी पुँजी गुमेको कार्यदलले जनाएको छ।