Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २० सोमबार १९:५८:००
Read Time : < 1 मिनेट
समाचार

एघार महिनामा विप्लव नेतृत्व पार्टीका ३ सय ७५ नेता कार्यक्रता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २० सोमबार १९:५८:००

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३ सय ७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उनीहरुलाई पक्राउ गरेको हो । 

फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । उनीहरुमध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन् । 

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायत सामाग्री बरामद गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्यविरुद्ध गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । “पक्राउ परेकामध्ये केहीलाई अनुसन्धान गरेर छाडेका छौँ । केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ”, उनले भने ।