१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर २६ आइतबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतको आदेशमा छ महिनापछि खुल्यो विपी प्रतिष्ठानमा लागेको ताला

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २६ आइतबार १६:२६:००

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला प्रहरीको रोहबरमा तोडिएको छ। सर्वोच्च अदालतले मंसिर २१ गते ताला खोल्न दिएको अन्तरिम आदेशअनुरूप प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला आइतबार तोडिएको हो।

पदाधिकारीहरूको राजीनामा तथा प्रतिष्ठानको शुद्धीकरणको विषयलाई लिएर चिकित्सक, कर्मचारी र शिक्षकहरूको समूहले ६ महिनाअघि ताला लगाएका थिए। सर्वोच्चले अस्पतालजस्तो क्षेत्रमा हड्ताल र तालाबन्दी नगर्न र तत्काल ताला खुलाउन आन्तरिम आदेश जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा ताला तोडिएको हो। इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह र राजीनामा बुझाइएका रजिस्ट्रार प्रा.डा मोहनचन्द्र रेग्मीको कार्यकक्षमा लागेको ताला फुटाएको हो।

दैैनिक काममा समस्या आउने र बिरामीलाई असहज हुने भएपछि पदाधिकारीहरुले अन्यत्र बसेर काम गदैं आएका थिए। संघर्ष समिति बनाएर गत असार १ गतेबाट आन्दोलन भइरहेको थियो। असार ३० गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयका सचिवस्तरीय छानबिन समिति गठन भएर प्रतिवेदन सार्वजनिक भए पनि सरकारले कार्यान्वयन भने गरेको छैन।

यसैबीच अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहले सबै समस्या वार्ताबाट मात्र सम्भव हुने भएकाले आन्दोलनरत पक्षको माग वार्ताबाटै समाधान गरिने बताएका छन्। प्रतिष्ठानले गर्न सक्ने र अधिकार क्षेत्र भएका माग छलफल गरेर तत्काल पूरा गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको उनले बताएका छन्।