मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने– जनताको साथ एमालेलाई छ, चुनाव जित्न मोर्चाबन्दी आवश्यक छैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १५:३०:००

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरु भएको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न निर्देशन दिएका हुन्। 

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबीसमेत गरे। ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाइ गर्न नहुनेमा जोड दिए। 
ओलीले पार्टीका नेताहरूलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिए। जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई अघि बढाउन एमालेले अब सबै तहमा जाँदा त्यहाँको मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहनाअनुसार पार्टीेले काम गर्न सक्ने ओलीको भनाइ थियो । 

ओलीले पार्टीमातहतका सबै जनवर्गीय संगठनहरूलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न पनि निर्देशन दिए।