मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७८ मङ्सिर २५ शनिबार १२:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानका लागि २८० मिलियन डलर अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७८ मङ्सिर २५ शनिबार १२:४८:००

विश्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्या सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन्। अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा सो रकम उपलब्ध गराउन सहमत भएको  विश्व बैंकलाई उद्धृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार युनिसेफले अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न अमेरिकी डलर १०० मिलियन प्राप्त गर्नेछ भने डब्लुएफपिले देशमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ। रासस/एएनआई