मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २४ शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई ओलीको सुझाब : प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २४ शुक्रबार १७:०३:००

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस आफ्नो नीतिमा अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन समारोहमा बोल्दै उनले सबैलाई साथ लिएर जाँदा कांग्रेसले आफ्नो नीति भुल्न लागेको बताएका हुन्। पूर्वप्रधानमन्त्री ओलीले नीतिअनुसार कांग्रेसलाई अगाडि बढ्न सझाब दिए। 

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुन सुझाब पनि दिए। ‘म आज कांग्रेसलाई शुभकामना दिन आएको हुँ, वादविवाद गर्न चाहन्नँ,’ उनले भने, ‘नेपाली कांग्रेसकै साथमा एमाले छ, संघीय गणतन्त्र ल्याउने, नागरिक स्वाभिमान स्थापित गर्ने, देश विकास गर्ने महत्वपूर्ण अभिभारा यीनै दलले लिएका छन्, सही दिशामा लैजाने अभिभारा पनि यीनै पार्टीको काँधमा छ।’ 
 
उनले वर्तमान नेपाल पहिलेकै स्थानमा नरहेको बताउँदै राष्ट्रियता, लोकतन्त्रको संरक्षण, विकास, सुशासन, स्थिरता, सामाजिक न्यायलगायत क्षेत्रमा परिवर्तन आएको बताए। तर अहिले पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने सिद्धान्त हावी भएको ओलीको धारणा छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू आउँदा चोर आए भनेर जनताले भन्न थालेको भनाइप्रति ओलीले टिप्पणी गरे। ‘हरेक नेता चोर हुन्छन् भन्ने होइन, भर्खर भर्खर छानिएकोले राप्रपामा यस्तो भएको होला, भर्खर जन्मेको बाछो हिँड्न जान्दैन अलि बढी कुद्छ,’ उनले लिङ्देनलाई व्यंग्य गरे। उनले एमालेले एक्लै हिँड्न रहर नगरेको भन्दै मिलेर अघि बढ्नुपर्ने बताएका छन्।