मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २४ शुक्रबार ०७:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जयरामले जिते काठमाडौं ओपन गल्फ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २४ शुक्रबार ०७:४०:००

जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको खेलमा जयरामले चार अन्डर ६४ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।समग्रमा उनले नौ अन्डर दुई सय ६३ स्कोरका साथ करिअरकै पहिलो उपाधि हात पारेका हुन् । जयरामले नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटीलाई फाइनल स्पर्धामा दुई स्ट्रोकले पछि पारेका हुन् । उपाधिसँगै उनले एक लाख १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

उपविजेता भुवनले समग्रमा दुई सय ६५ स्कोर गरेका छन् । उनले प्रतियोगिताभरि दुई अन्डर ६६ स्कोर गरे । कुल ७२ होलमा भएको खेलमा दिनेश प्रजापति तेस्रो स्थानमा रहे । उनले पाँच अन्डर दुई सय ६७ स्कोर गरेका थिए । दिनेशले अन्तिम चरणमा इभन पार ६८ स्कोर गरेपछि तेस्रो स्थान पक्का गरेका हुन् । प्रजापतिले ६० हजार रुपैयाँ जितेका छन् । 

बुधबार शीर्ष स्थानमा रहेका रवि खड्का, कुमार कामी र भूवनकुमार रोका संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । तीनजना खेलाडीले समान तीन अन्डर दुई सय ६९ स्कोर गरेका थिए । उनीहरूले जनही ४२ हजार रुपैयाँ पाएका छन् । कुमारले चार अन्डर ६४, भुवनले ६८ स्कोर तथा रविले चार अन्तर ७२ को स्कोर गरेका थिए । 

यसैगरी, शुक्रबहादुर राई सातौँ स्थानमा रहे । उनले दुई अन्डर दुई सय ७० को स्कोर गर्दै ३२ हजार रुपैयाँ जितेका छन् । धनबहादुर प्रजापति र सञ्जय लामा संयुक्त रूपमा आठौँ स्थानमा छन् । दुवै खेलाडीले दुई ओभर दुई सय ७४ स्कोर गरेका छन् । लामा र प्रजापतिले जनही २६ हजार पाँच सय रुपैयाँ जितेका छन् । 

 एमेच्योरतर्फ सुवास तामाङ च्याम्पियन
एमेच्योरतर्फ १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका सुवास तामाङ च्याम्पियन बनेका छन् । उनले दुई अन्डर दुई सय ७० अंक जोड्दै उपाधि जितेका हुन् ।
एमेच्योरतर्फ मेजर निश्चयजंग रायमाझी दोस्रो तथा विदुर तामाङ तेस्रो भएका छन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार रविले दुई स्ट्रोकका साथ खेल अगाडि बढाएका थिए । पहिलो तीन होलमा उनले बर्डिज हात पारे । 

तर, पाँचौँ होलमा उनले तेहोरो बोगी भेटाए । जयरामले सातौँ होलमा उत्कृष्ट कमब्याक गर्दै रविमाथि दबाब राखे । फ्रन्ट नाइनसम्म रवि जयरामभन्दा एक स्ट्रोकले अगाडि थिए ।  यसैगरी, दिनेशले पाँचौँ होलमा बर्डिज प्राप्त गरे । प्रतियोगितामा कुल ५५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत काठमाडौं ओपन गल्फ पहिलो प्रतियोगिता हो । २७–३० डिसेम्बरसम्म सूर्य नेपाल इस्टर्न ओपन धरानमा हुनेछ ।