मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर २२ बुधबार १५:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएकाे छ : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २२ बुधबार १५:५९:००

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरूको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशीलताको कारणले पुनर्निर्माणको कार्यले मूर्त रूप लिएको बताए । 

अर्थमन्त्री शर्माले भने,‘भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिकरण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ।  भूकम्पपछिको सफल पुनर्निर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ ।’

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्ने सबै मित्र राष्ट्रहरू तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघसंस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गर्नेहरूलाई धन्यवादसमेत व्यक्त गरे । 

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरूलाई चालू आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बतए । उनले  चालू आर्थिक वर्षभित्र सक्नको लागि सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको पनि बताए । त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरू गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरू सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने उनको भनाइ थियो । 

मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको बताए ।