१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २२ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २२ बुधबार १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लागौँ : राष्ट्रपति भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २२ बुधबार १५:४८:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनर्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाइहरू अन्तर्राष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वाससमेत व्यक्त गरेकी छिन् । बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्ताबेजहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रूपमा रहनेसमेत बताइन्। 

कार्यक्रममा बोल्दै उनले भनिन्, ‘भूकम्पपछि पुनर्निर्माण तथा पुनर्थापना कार्यमा हामीले प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर हाम्रो मुलुकलाई सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’  

राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताइन् । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभारसमेत गरिन् । राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि बताइन्।