१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फोटो ।
२०७८ मङ्सिर २१ मंगलबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार ११:२४:००

मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला, साहित्य र इतिहासको क्षेत्रमा पु–याएको विशिष्ट योगदानस्वरूप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो।

काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए।

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पु–याउने अन्य चारजनालाई पनि विश्वविद्यालयले सम्मान गर्नेछ। बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चूडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ। रासस