मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २० सोमबार १४:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छुट्टै कुर्सीमा बसेर पदभार ग्रहण गर्दै लिङ्देनले भने : त्यो कार्यकक्ष कमल थापाका लागि नै हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २० सोमबार १४:१०:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। उनले आज चाबहिलस्थित पार्टी कार्यालयमा पदभार ग्रहण गरेका हुन्। उनले आफू महामन्त्री हुँदा प्रयोग गर्ने गरेको कोठामा नै पदभार ग्रहण गरेका हुन्। निवर्तमान अध्यक्ष कमल थापाले प्रयोग गर्ने कोठामा सम्मानपूर्वक प्रयोग नगरि उनकै लागि सुरक्षित राखेको उनले बताएका छन्।

कमल थापा आफ्नो श्रद्धेय नेता र अभिभावक भएको भन्दै उनले कार्यालयमा आउन सहज होस् भनेर पुरानै कोठा प्रयोग गरेको बताए। उनले पुशपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहोनी र कमल थापाको कुर्सीमा बस्ने चाहनाले अध्यक्षमा उम्मेदवार नभएको बताए। उनले राप्रपालाई नयाँ ढंगबाट लैजान उम्मेदवारी दिएको र विजयी भएको बताए। बफ्नो विजयलाई पूर्वराजासँग जोडेको प्रति आपत्ति जनाए। कमल थापाले राप्रापाको एकता महाधिवेशनमा निर्मलनिवासले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्।