Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर २० सोमबार १३:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु हिंसाका घटना बाहिर आउने क्रम बढ्दाे

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २० सोमबार १३:२३:००

महिलामा चेतनाको विकास भएसँगै लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिलेपहिले घरभित्रको कुरा बाहिर लैजानुहुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरू हिंसालाई आफैँभित्र दबाएर राख्ने गदेर्थे । जसले गर्दा घरेलु हिंसाका घटना बाहिर आउन सकेका थिएनन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलाहरूमा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीकोे भनाइ छ । ‘उजुरी दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्’, अधिकारीले भनिन् ‘पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउन थालेका छन् । महिला दिदीबहिनीहरूमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएको छ ।’ 

महिला तथा घरेलु हिंसाका घटना शिक्षित अशिक्षित दुवै परिवारमा हुने राइनास नगरपालिकाकी उपप्रमुख धनकुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘शिक्षित परिवार छ भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार भन्दैमा बढी हुने होइन ।’ यस्तै बेँसीसहर नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुदैन भन्ने चेतनाको विकास भएको बताइन् । उनले भनिन्, ‘पहिले महिलाहरू आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनुहुदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।’ 

बैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटनाहरू बाहिर आउन थालेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीका अनुसार चालू आर्थिक वर्षमा ०७८–७९ मा हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएको बताए । जसमध्ये १८ वटा मिलापत्र भएकोे छ । 

यस्तै, आर्थिक वर्ष ०७७–७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमध्ये ६० वटा मिलापत्र भएको छ । आ.व ०७६–७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ । 

प्रहरीमा आएको उजुरीमध्ये मादक पदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैँझगडा, बहुविवाहलगायतको घटना रहेका छन् ।