१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Sunday, 29 September, 2024
२o७८ मङ्सिर २० सोमबार o८:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाको नयाँ एमेज सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार o८:४६:oo

नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको एमएमसी एमेज–२०२१ सार्वजनिक गरेको छ । होन्डाले यस कारमा लेस्टाइल, पर्फमेन्स र सुरक्षालाई निकै महत्‍व दिनुका साथै सानदार इन्टेरियर पनि प्रस्तुत रहेको छ ।

यस कारमा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प, एड्भान्स फ्रन्ट फगल्याम्प आकर्षक देखिन्छन् । कारमा डायमन्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए ह्विल्स पनि रहेको छ । यस्तै, कारमा गाइडलाइनसहितको रियर मल्टी भ्यू क्यामरा छ । यो कार पेट्रोल र डिजेल दुवै भेरियन्टमा उपलब्ध छ ।

कारमा ७ स्पिड सिभिटी गियरबक्स पनि रहेको छ । कारमा रहेको स्ल्कि सोलिड विङ फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित बनाएको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथै लाइट सेन्सर, प्रिमियम सी–सेप्ड एलइडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्यान्डललगायत विशेषताले कार सुसज्जित रहेको छ ।